बैशाख २८, २०८१, शुक्रबार
               

जीवन विकास लघुवित्तको दोस्रो त्रैमासमा खुद नाफा ६२ प्रतिशत बढ्यो

नेपाल फ्ल्यास
माघ २०, २०७७

ADVERTISEMENT

काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थाले चालू आवको दोस्रो त्रैमासमा ६२ प्रतिशतले वृद्धि भएको छ । 

कम्पनीले गत आवको दोस्रो त्रैमासमा २२ करोड ५९ लाख नाफा कमाएको थियो । यस अवधिमा ३६ करोड ८१ लाख नाफा आर्जन गर्न सफल भएको हो । 

कम्पनीको खुद ब्याज आम्दानी २५ प्रतिशतले वृद्धि भएकाले र ४८ करोड ५९ लाख खराब कर्जा उठाउन कम्पनी व्यवस्थापन सफल भएकाले नाफा भएको छ ।   

कम्पनीले जगेडा कोषमा ९८ करोड ७४ लाख सञ्चित गरेको ्छ । दोस्रो त्रैमाससम्ममा कम्पनीले ८ अर्ब ८९ करोड ६४ लाख सापटी लिएर, ७ अर्ब ५३ करोड ७८ लाख निक्षेप संकलन गरेर १८ अर्ब १७ करोड ७९ लाख कर्जा लगानी गरेको छ । 

हाल यस कम्पनीको चुक्तापुँजी ४१ करोड ६ लाख छ ।

यो पनि