बैशाख २८, २०८१, शुक्रबार
               

स्पर्श लघुवित्तको खुद नाफा ३.३६ प्रतिशतले घट्यो

नेपाल फ्ल्यास
माघ २०, २०७७

ADVERTISEMENT

काठमाडौं । स्पर्श लघुवित्तले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म एक करोड ३२ लाख खुद नाफा आर्जन गरेको छ । गत वर्षको यही अवधिभन्दा ३.३६ प्रतिशतले घटेको हो । कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफा २३.५२ प्रतिशत र १२.७५ प्रतिशत  बढ्न सफल भएको छ । 

गत वर्ष ३ करोड ३५ लाख खुद ब्याज आम्दानी गरेको थियो भने यस त्रैमाससम्म चार करोड १४ लाख पुर्‍याएको छ । सञ्चालन नाफा एक करोड ६३ लाखबाट बढाएर एक करोड ८३ लाख पुर्‍याएको छ । 

हालसम्म कम्पनीले २६ करोड ५५ लाख रुपैयाँ निक्षेप संकलन गर्दा एक अर्ब २१ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । गत वर्ष २१ करोड चार लाख निक्षेप संकलन गरी ९८ करोड ६८ लाख कर्जा लगानी गरेको थियो । 

रिजर्भ कोषमा २ करोड ५७ लाख छ । संस्थाको खराब कर्जा ०.९५५ बाट बढेर २.८७५ भएको छ । कम्पनीको प्रतिसेयर आम्दानी २३.६४ रुपियाँ  रहेको, प्रतिसेयर नेटवर्थ १२२.९७छ ।  हाल यस कम्पनीको चुक्तापुँजी ११ करोड २० लाख रहेको छ ।  


कस्तो लाग्यो ?

यो पनि