बैशाख २९, २०८१, शनिबार
               

इन्फिनिटी लघुवित्त वित्तीयको खुद नाफा ९४.०६ प्रतिशत

नेपाल फ्ल्यास
माघ २०, २०७७

ADVERTISEMENT

काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ६ करोड ४९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । 

उक्त खुद नाफा ९४.०६ प्रतिशते बढेको हो । गत वर्ष कम्पनीले ३ करोड ३४ लाख रुपैयाँ खुद नाफा गरेको थियो । 

इन्फिनिटीले खुद ब्याज आम्दानी र सञ्चालन नाफा यो त्रैमासमा क्रमशः १० करोड ८८ लाख रुपैयाँ र 
सञ्चालन नाफा ५ करोड ३१ लाख रुपैयाँँबाट बढाएर ८ करोड ८९ लाख रुपैयाँ  पुर्याएको छ । यो क्रमशः ३९.३२ प्रतिशत र ६७.३८ प्रतिशतले बढाउदा नाफामा वृद्धि भएको हो ।

हालसम्म ७८ करोड ३४ लाख रुपैयाँ निक्षेप संकलन गर्दा कम्पनीले ३ अर्ब ३ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । 

कम्पनीको खराब कर्जा १.३६५ बाट बढेर १.५४५ भएको छ । रिजर्भ कोषमा १० करोड ७१ लाख रुपैयाँ जम्मा छ । 

प्रतिसेयर आम्दानी ४९ रुपैयाँ ८४ पैसा रहेको यसको प्रतिसेयर नेटवर्थ १४१ रुपैयाँ ११ पैसा रहेको छ । हाल यस कम्पनीको चुक्ता पुँजी २६ करोड ६ लाख रुपैयाँ रहेको छ ।

यो पनि