बैशाख २८, २०८१, शुक्रबार
               

एनआईसी एसिया लघुवित्तको खुदनाफा १५ करोड ९७ लाख

नेपाल फ्ल्यास
माघ २०, २०७७

ADVERTISEMENT

काठमाडौं । एनआईसी एसिया लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा १५ करोड ९७ लाख रुपैयाँ खुदनाफा आर्जन गरेको छ ।

यस संस्थाले दोस्रो त्रैमाससम्ममा ८ अर्ब ५५ करोड रुपैयाँ कर्जा लगानी गरेको हो ।

यस अवधिमा संस्थाले १ अर्ब ४ करोड रुपैयाँ बचत संकलन गरेको छ । 

संस्थाको निष्क्रिय कर्जा अनुपात ०.९६ प्रतिशत र प्रतिशेयर आम्दानी २१ रुपैयाँ ५९ पैसा छ ।

यो पनि