बैशाख २८, २०८१, शुक्रबार
               

आईएमई लाइफ इन्स्योरेन्सको खुद नाफा ७ करोड ४० लाख

नेपाल फ्ल्यास
माघ २०, २०७७

ADVERTISEMENT

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा २१ प्रतिशतले नाफा कमाएको छ । 

यस कम्पनीले पुस मसान्तसम्ममा ७ करोड ४० लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको हो । गत वर्षको यस अवधिमा ६ करोड १२ लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो । 

यस अवधिमा कम्पनीले एक अर्ब २० करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा ६० करोड ८५ लाख रुपैयाँ आर्जन गरेको थियो । 

यस कम्पननीको ४ अर्ब ९ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले यस अवधिमा २० करोड ९० लाख रुपैयाँको दाबी भुक्तानी गरेको छ । कम्पनीको प्रतिशेयर आम्दानी १० रुपैयाँ ५८ पैसा पुगेको छ भने नेटवर्थ १३३ रुपैयाँ  छ ।

हाल कम्पनीको चुक्तापूँजी एक अर्ब ४० करोड रुपैयाँ रहेको छ । यस कम्पनीले सर्वसाधारण समूहको ६० करोड रुपैयाँको प्राथमिक शेयर(आइपीओ) निष्काशनको तयारी गरिरहेको छ ।

यो पनि