बैशाख २८, २०८१, शुक्रबार
               

जनउत्थान लघुवित्तद्वारा ५२ प्रतिशत लाभांश प्रस्ताव

नेपाल फ्ल्यास
माघ २०, २०७७

ADVERTISEMENT

काठमाडौं । जनउत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले कुल ५२ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ ।

यस कम्पनीको हिजो (सोमबार) बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष ०७६र ७७ को सञ्चित मुनाफाबाट ४९.४० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि २.६० प्रतिशत गरी कुल ५२ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

हाल कम्पनीको चुक्तापूँजी ७ करोड ९२ लाख रहेको छ । प्रस्तावित बोनस शेयर वितरण पछि संस्थाको चुक्ता पुँजी ११ करोड ८३ लाख रुपैयाँ पुग्नेछ।

सोही पूँजीको आधारमा कम्पनीले नेपाल राष्ट्र बैंकको स्वीकृतिपश्चात आगामी साधारणसभाले पारित गरेपछि लाभांश वितरण गर्नेछ । 

यो पनि