बैशाख २८, २०८१, शुक्रबार
               

एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको ३ कम्पनीको संस्थापक शेयर लिलामीमा

नेपाल फ्ल्यास
माघ २०, २०७७

ADVERTISEMENT

काठमाडौं । आज (मंगलबार) देखि एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको ३ वटा कम्पनीको संस्थापक शेयर लिलामीमा विक्री भएको छ । 

यस कम्पनीले नागरिक लगानी कोषको १ लाख ८२ हजार ५६० कित्ता, नेशनल लाइफ इन्स्योरेन्सको ९२ हजार २६६ कित्ता र सूर्या लाइफ इन्स्योरेन्सको १ लाख ७३ हजार ८४४ कित्ता संस्थापक शेयर लिलामीमा विक्री गर्न लागेको हो ।

कम्पनीले पुस १९ गतेदेखि २४ गतेसम्ममा यी ३ वटा कम्पनीसहित एशियन लाइफ इन्स्योरेन्सको संस्थापक शेयर बोलकबोल प्रक्रियाबाट खरिद गर्न आह्वान गरेको थियो । सो मितिमा आवेदन नपरेपछि कम्पनीले पुनः लिलामीमार्फत विक्री गर्न लागेको हो । 

कम्पनीले नागरिक लगानी कोषको न्यूनतम शेयरमूल्य प्रतिकित्ता १ हजार ६२३, नेशनल लाइफको  ५३० र सूर्या लाइफको ३७८ तोकेको हुँदो सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्ने छ ।

उक्त शेयर लगानीकर्ताले माघ २६ गतेसम्म  शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् । कम्पनीको शेयर विक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ । 

लगानीकर्ताहरूले विक्री प्रबन्धकका साथै एनआईसी एशिया बैंकको कर्पोरेट कार्यालय, ट्रेड टावर, थापाथली तथा विराटनगर, वीरगञ्ज, पोखरा, बुटवल, धनगढी र सुर्खेत शाखा कार्यालयबाट बोलपत्र पेश गर्न सक्नेछन् ।

यो पनि