बैशाख २८, २०८१, शुक्रबार
               

नेपाल इन्भेष्टमेन्टको ऋणपत्रमा आवेदन दिने समयावधि थप

नेपाल फ्ल्यास
माघ २०, २०७७

ADVERTISEMENT

काठमाडौं । माघ १५ गतेदेखि विक्री खुला गरेको नेपाल इन्भेष्टमेन्ट बैंकको ऋणपत्रमा आवेदन दिने समयावधि माघ ३० गतेसम्म थप भएको छ । 

कम्पनीले ४० लाख कित्ता ऋणपत्र निष्कासन गरेको हो । जसमा १६ लाख कित्ता सर्वसाधारणको लागि र २४ लाख कित्ता व्यक्तिगत तबरबाट विक्री गर्न लागेको हो ।

यस कम्पनीमा वार्षिक ८.५ प्रतिशत ब्याजदरको उक्त ऋणपत्रमा आवेदन दिन सकिने व्यवस्था गरेको थियो । आवेदकले न्यूनतम २५ कित्ता र अधिकतम २ लाख ५० हजार कित्तासम्मको लागि आवेदन दिन सक्नेछन् ।  

ऋणपत्र निष्कासन तथा विक्री प्रबन्धकमा आरबिबि मर्चेण्ट बैंकिङ लिमिटेड रहेको छ । साथै, उक्त ऋणपत्रमा आवेदकले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति भएका सि-आस्बा सेवामा सहभागि बैंक तथा वित्तीय संस्थाहरू र तिनका शाखा कार्यालयहरूबाट आवेदन गर्न सक्नेछन् ।

यो पनि