बैशाख ३१, २०८१, सोमबार
               

समता लघुवित्तको खुद नाफा ४१ प्रतिशतले वृद्धि

नेपाल फ्ल्यास
माघ १८, २०७७

ADVERTISEMENT

काठमाडौं । समता लघुवित्तले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ३ करोड ६४ लाख रुपैयाँ नाफा कमाएको छ । 

लघुवित्तको नाफा गत वर्षको भन्दा ४१ प्रतिशतले बढेको हो ।  

यस कम्पनीले गत वर्ष २ करोड ५८ लाख रुपैयाँ मात्र नाफा कमाएको थियो । कम्पनीले खुद ब्याज आम्दानी १३.७०५ ले बढाएर ६ करोड २३ लाख रुपैयाँ पुर्याएको छ । गत वर्ष कम्पनीले ५ करोड ४८ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । 

सञ्चालन नाफा १ करोड ४६ लाख रुपैयाँबाट बढाएर ४ करोड ६५ लाख रुपैयाँ पुर्याएको छ । पुस मसान्तसम समताले ७७ करोड १७ लाख रुपैयाँ निक्षेप संकलन गर्दा २ अर्ब ७ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । 

जगेडा कोषमा १६ करोड ६४ लाख रुपैयाँ रहेको छ । कम्पनीको खराब कर्जा भने १.६८५ बाट बढेर ३.४२५ भएको छ । 

प्रतिसेयर आम्दानी ३१ रुपैयाँ ७५ पैसा  रहेको प्रतिसेयर नेटवर्थ भने १४६ रुपैयाँ २५ पैसा छ ।

हाल यसको कम्पनीको चुक्ता पुँजी २२ करोड ९३ लाख रुपैयाँ रहेको छ । 


कस्तो लाग्यो ?

यो पनि