बैशाख ३१, २०८१, सोमबार
               

आशा लघुवित्तको खुद नाफा २.५ गुणाले वृद्धि

नेपाल फ्ल्यास
माघ १८, २०७७

ADVERTISEMENT

काठमाडौं । आशा लघुवित्त वित्तीय संस्थाले चालू आवको दोस्रो त्रैमासिसम्ममा खुद नाफा २.५ गुणा वृद्धि भएको छ । 

यस कम्पनीले गत आवको दोस्रो त्रैमासमा २ करोड ७० लाख नाफा कमाएकोमा चालू आवको सोही अवधिमा वृद्धि भएर ७ करोड १६ हजार पुगेको हो ।

गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवको सो अवधिमा खुद ब्याज आम्दानी ४१ प्रतिशत वृद्धि भएको छ । त्यस्तै सञ्चालन नाफा ५९१ प्रतिशत वृद्धि भएको छ । 

यस कम्पनीको गत आवको दोस्रो त्रैमासमा १ करोड ३१ लाख सञ्चालन नाफा गरेकोमा चालू आवको सोही अवधिमा वृद्धि भएर ९ करोड १० लाख पुगेको हो ।

यस अवधिमा कम्पनीले १ करोड ९९ लाख खराब कर्जा उठाउन सफल भएको छ ।  

हाल यस कम्पनीको चुक्तापूँजी २६ करोड ७१ लाख रहेको छ,भने कम्पनीले जगेडा कोषमा ११ करोड ६५ लाख सञ्चित गरेको हो । 

कम्पनीको प्रतिशेयर आम्दानी ५२.४२, मूल्य आम्दानी अनुपात २४.५१, तरलता अनुपात ८.६० प्रतिशत र प्रतिशेयर नेटवर्थ १४३.६१ रहेको छ ।

यो पनि