बैशाख ३१, २०८१, सोमबार
               

फर्स्ट माइक्रोफाइनान्सद्वारा बोनस शेयर हितग्राही खातामा जम्मा

नेपाल फ्ल्यास
माघ १८, २०७७

ADVERTISEMENT

काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले बोनस शेयर हितग्राही खातामा जम्मा गरिदिएको छ । 

मंसिर ५ गतेसम्स शेयर अभौतिकीकरण गराएका शेयरधनीको ९.५० प्रतिशत बोनस शेयर हितग्राही खातामै जम्मा गरेको हो । 

यस कम्पनीले मंसिर ५ गतेपछि शेयर अभौतिकरण गरेको सेयरधनीको बोनस शेयर जम्मा गर्ने तयारी गरेको जनाएको छ । 

अहिलेसम्म पनि डिम्याट नगरेकाहरुले खातामा बोनस शेयर पाउनका लागि पहिला आफूसँग भएको भौतिक प्रमाणपत्र डिम्याट गर्नुपर्नेछ । 

यस कम्पनीले मंसिर १८ गते सम्पन्न सभाले गत आर्थिक वर्षको नाफाबाट ९.५ प्रतिशत बोनस शेयर कर प्रयोजनसहित ४.१८४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।  

यो पनि