बैशाख ३१, २०८१, सोमबार
               

गणपति लघुवित्तको १५.७९ प्रतिशत लाभांश प्रस्ताव

नेपाल फ्ल्यास
माघ १८, २०७७

ADVERTISEMENT

काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले फागुन २८ गते चौंथो वार्षिक साधारण सभा तनहुँमा बिहान ११ बजे गर्ने भएको छ । 

कम्पनीको माघ १६ गतेको सञ्चालन समितिको बैठकले सो निर्णय गरेको हो । उक्त सभामा कम्पनीले प्रस्ताव गरेको कुल १५.७९ प्रतिशत लाभांश पारित गर्नेछ । 

गत वर्षको सञ्चित मुनाफाबाट १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.७९ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको थियो । उक्त प्रस्ताव राष्ट्र बैंकको स्वीकृति पश्चात कम्पनीले वार्षिक साधारणसभा मार्फत पारित गराउन लागेको हो । 

हाल यस कम्पनीको चुक्तापूँजी ११ करोड ७ लाख ४५ हजार रहेको छ । 

गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन पारित गर्दै चालू आवको लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको प्रस्ताव पनि सभाले पारित गर्नेछ । 

साथै, यस कम्पनीले अन्य कुनै संस्थाहरुलाई गाभ्ने गाभिने भएमा आवश्यक सम्पूर्ण कार्यको जिम्मेवारी सञ्चालन समितिलाई दिने एजेण्डा रहेको छ । 

उक्त सभा प्रयोजनका लागि कम्पनीले फागुन १४ गतेदेखि सभा हुने दिनसम्म बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा फागुन १३ गतेसम्म कायम रहेका शेयरधनीहरु मात्र कम्पनीको लाभांश प्राप्त गर्न र सभामा भाग लिन सक्नेछन् ।

यो पनि