बैशाख ३१, २०८१, सोमबार
               

मञ्जुश्री फाइनान्सको ऋणपत्र आजदेखि बिक्री खुला

नेपाल फ्ल्यास
माघ १८, २०७७

ADVERTISEMENT

काठमाडौं । मञ्जुश्री फाइनान्सले आज आइतबारदेखि सर्वसाधारणका लागि ऋण खुला गरेको छ । फाइनान्सले प्रति कित्ता एक हजार रुपैयाँको दरमा तीन लाख कित्ता ऋणपत्र सर्वसाधारणका लागि बिक्री गर्न लागेको हो । 

संस्थाले माघ २१ गतेसम्मका ऋण खुला गरेको हो । सो समयभित्र बिक्री नभए फागुन २ गतेसम्म बिक्री खुला हुनेछ ।

लगानीकर्ताले ८ वर्ष अवधिका लागि ९.५ प्रतिशत व्याजदरमा लगानी गर्ने सक्ने छन् । 

सर्वसाधारण लगानीकर्ताले न्युनतम २५ कित्तादेखि अधिकतमसम्म आवेदन दिन सक्ने छन् । 

संस्थाले जम्मा ५० करोड रुपैयाँको ऋणपत्रमध्ये ३० करोड रुपैयाँ व्यक्तिगत तबरबाटै बिक्री गर्ने छ । बाँकी रहेको २० करोड रुपैयाँको ५ प्रतिशत म्युचुअल फण्डलाई बिक्री गर्नेछ । बिक्री प्रवन्धक एनआइबिएल एस क्यापिटलले जनाएको छ । 

आवेदकले नेपाल धितोपत्र बोर्डबाट अनुमतिपत्र प्राप्त सि-आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका शाखा कार्यालयहरुबाट पनि आवेदन दिन सक्नेछन् ।

यो पनि