बैशाख ३१, २०८१, सोमबार
               

सामुदायिक लघुवित्तको नाफा ६६ प्रतिशत घट्यो

नेपाल फ्ल्यास
माघ १६, २०७७

ADVERTISEMENT

काठमाडौं । चालु आवको दोस्रो त्रैमासमा सामुदायिक लघुवित्त वित्तीय संस्थाको नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा घटेर ४५ लाख ९३ हजार घटेको छ । गत आवको तुलनामा ६६ प्रतिशतले कमी आएको हो ।कम्पनीले गत आवको पहिलो त्रैमासमा १ करोड ३६ लाख नाफा कमाएको थियो ।

कम्पनीले गत आवको दोस्रो त्रैमासमा ५० लाख ४४ हजार सम्भावित जोखिम बापतको व्यवस्थामा छुट्याएकोमा चालू आवको सोही अवधिमा ३ करोड ६१ लाख छुट्याएको हो । कम्पनीको निष्क्रिय कर्जा गत आवको दोस्रो त्रैमासमा २.१७ प्रतिशत रहेकोमा चालू आवको सोही अवधिमा बढेर ९.२९ प्रतिशत पुगेको छ ।कम्पनीले जगेडा कोषमा ५ करोड ४० लाख सञ्चित गरेको छ ।

कम्पनीको प्रतिशेयर आम्दानी ६.६९, मूल्य आम्दानी अनुपात १४८.४३,तरलता अनुपात १७.०६ र प्रतिशेयर नेटवर्थ १४०.९२ रहेको छ ।हाल यस कम्पनीको चुक्तापूँजी १३ करोड २० लाख रहेको छ । 

यो पनि