जेठ ०१, २०८१, मंगलबार
               

नबिल बैंक र नेपाल महिला उद्यमी महासंघबीच सम्झौता

नेपाल फ्ल्यास
माघ १६, २०७७

ADVERTISEMENT

काठमाडौं । नबिल बैंक र नेपाल महिला उद्यमी महासंघ बीच सम्झौता भएको छ । उक्त सम्झौतामा बैंक र महासंध बीच सदस्यहरुको आवश्यकता पूरा गर्न ब्याज अनुदान र लघु, साना तथा मझौला उद्यम कर्जा प्रदान गर्ने सम्बन्धमा सम्झौता भएको थियो । 

लघु, साना तथा मझौला उद्यमहरुलाई नबिल बैंकबाट प्रदान लघु, साना तथा मझौला कर्जाले दिगो विकासको लागि वित्तिय आवश्यकता पूरा गर्न मद्दत पुग्ने विश्वास लिएको छ । उद्यमीहरुले फेवानबाट वित्तीय सल्लाह र विकास सहयोग पाउने छन् । 

नबिल बैंकको वित्तिय साक्षरता कार्यक्रम पनि सञ्चालन गर्ने योजना रहेको छ ।

यो पनि