बैशाख ०८, २०८१, शनिबार
               

नेपाल इन्भेष्टमेन्ट बैंकद्वारा आजबाट ऋणपत्र विक्री खुला

नेपाल फ्ल्यास
माघ १६, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाल इन्भेस्टमेन्ट बैंकले आजदेखि ऋणपत्र विक्री खुला गरेको छ । बैंकले ४० लाख कित्ता ऋणपत्र निष्कासन गरेको हो । 

जसमा १६ लाख कित्ता सर्वसाधारणको लागि र २४ लाख कित्ता व्यक्तिगत तवरबाट विक्री गर्न लागेको हो । आवेदकले न्यूनतम २५ कित्ता र अधिकतम २ लाख ५० हजार कित्तासम्मको लागि आवेदन दिन सक्नेछन् । 

ऋणपत्र निष्कासन बन्द मिति माघ २० रहेको छ यस अवधिमा ऋणपत्र आवेदन कम परेमा माघ ३० गतेसम्म रहने छ । इच्छुक आवेदकले सी आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरू र तिनका शाखा कार्यालयहरूबाट आवेदन गर्न सक्नेछन् । 

धितोपत्र निष्कासन तथा विक्री प्रबन्धकमा आरबिबी मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ ।

यो पनि