बैशाख २२, २०८१, शनिबार
               

ज्योति लाइफको नाफा ५६.५६ प्रतिशतले बढ्यो

नेपाल फ्ल्यास
माघ १६, २०७७

ADVERTISEMENT

काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा १० करोड ७८ लाख रुपैयाँ आर्जन गरेको छ । 

यस कम्पनीले गत आर्थिक वर्षको यस अवधिको तुलनामा ५६.५६ प्रतिशतले नाफा बढाएको हो । सो कम्पनीले गत वर्षको यस अवधिमा ६ करोड ८९ लाख रुपैयाँ नाफा गरेको थियो ।

यस अवधिमा कम्पनीले एक अर्ब ४४ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत वर्षको यही अवधिमा ७५ करोड १३ लाख रुपैयाँ थियो । बीमा शुल्क आर्जन ९२ प्रतिशतले बढेको हो । 

कम्पनीले बीमा पोलिसी धितोमा राखेर कर्जा प्रदानसँगै अन्य विभिन्न क्षेत्रमा लगानी गरेर ११ करोड ११ लाख रुपैयाँ आम्दानी गरेको हो ।

कम्पनीको जगेडा कोष थप ४४ प्रतिशतले बढेर ४८ करोड २४ लाख रुपैयाँ पुगेको छ ।

यस वर्ष कम्पनीले १५ करोड १७ लाख रुपैयाँको दाबी भुक्तानी गरेको छ । गत वर्षको यही अवधिमा १८ लाख तीन हजार रुपैयाँको दाबी भुक्तानी गरेको थियो ।  

कम्पनीले १६ हजार ६८६ वटा बीमा पोलिसी बिक्री गरेको छ । कम्पनीको प्रतिशेयर आम्दानी ५ रुपैयाँले बढेर १४ रुपैयाँ पुगेको छ ।

यो पनि