बैशाख १७, २०८१, सोमबार
               

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आइपीओ बाँडफाँट, कति पर्यो ?

नेपाल फ्ल्यास
माघ १६, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आइपीओ आज (शुक्रबार) बाँडफाँट भएको छ । 

यस बैंकले माघ २ गतेदेखि माघ ६ गतेसम्म सर्वसाधारणका लागि ७ करोड ५८ लाख ४० हजार कित्ता आइपीओ खुला गरेको थियो । 

कम्पनीले कुल ८ करोड कित्ता सेयरमध्ये ०.२० प्रतिशत अर्थात १ लाख ६० हजार कित्ता सेयर कर्मचारीहरुका लागि ५५ ले हुने ४० लाख कित्ता सेयर सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी सेयर सर्वसाधारणमा जारी गरेको हो । 

आइपीओमा कुल १४ लाख ८१ हजार २८४ जनाले आवेदन दिएकामा ६ हजार २७६ जनाको आवेदन रद्द भएको छ । कुल १४ लाख ७५ हजार ८ जना योग्य आवेदकमध्ये १० देखि ५० कित्तासम्म माग गर्ने सबैलाई माग बमोजिम सेयर बाँडफाट गरिएको छ । माग अनुसार कुल १ करोड १२ लाख १९ हजार ८० कित्ता सेयर बाँडफाँट गरिएको हो । 

६० देखि २ लाख कित्तासम्म माग गर्ने सबैलाई ५० कित्ताका दरले कुल ५ करोड ९७ लाख २०० कित्ता बाँडफाँट भएको छ । 

बाँकी रहेको ४९ लाख २० हजार ७२० कित्ता सेयर ६० देखि २ लाख कित्तासम्म आवेदन दिएकामध्ये ४ लाख ९२ हजार ७२ जनालाई गोलाप्रथामार्फत १० कित्ता थप गरिएको छ । 
 
यसमा बैंकको बिक्री प्रबन्धकमा एनआइबीएल एस क्यापिटलले गरेको थियो । 

यो पनि