बैशाख २२, २०८१, शनिबार
               

हिमालयन डिष्टिलरीद्धारा नगद लाभांश बैंक खातामा जम्मा

नेपाल फ्ल्यास
माघ १६, २०७७

ADVERTISEMENT

काठमाडौं । हिमालयन डिष्टिलरी लिमिटेडले शेयरधनीहरुको बैंक खातामा नगद लाभांश गरिदिएको छ ।

यस कम्पनीले पुस २९ गते सम्पन्न गरेको वार्षिक साधारणसभामा पारित भएको ५० प्रतिशत नगद लाभांश शेयरधनीले हितग्राही खातामा उल्लेख गरेको बैंक खातामा जम्मा गरिदिएको हो ।  

शेयरधनीले अहिलेसम्म हितग्राही खातामा आफ्नो बैंक खाता अपडेट नगराएको भएमा हितग्राही खाता खोलेको सम्बन्धित निक्षेप सदस्यमा सम्पर्क गरी नेपाल क्लियरिङ्ग हाउसको आईपीएस सदस्यता प्राप्त आफ्नो कुनै पनि बैंक तथा वित्तीय संस्थाको खाता नम्बर अपडेट गर्न अनुरोध गरेको छ । 

शेयरधनीहरुले आफ्नो शेयर प्रमाणपत्रहरु धितोमा राखि कर्जा सुविधा प्रयोग गर्दै आएका शेयरधनीलाई बैंक तथा वित्तीय संस्थाबाट स्वीकृती प्राप्त भएपश्चात मात्र बैक खातामा नगद लाभांश जम्मा गरिने कम्पनीले जनाएको छ । 

साथै, आफ्नो शेयरको प्रमाणपत्रहरु अभौतिक नगरेका शेयरधनीहरुको हकमा बैंक खाता अपडेट र आफुसँग भएको शेयर प्रमाणपत्रहरु अभौतिक गराए पश्चात कम्पनीले सम्बन्धित शेयरधनीको बैंक खातामा नगद लाभांश जम्मा गरिदिने छ । 

त्यस्तैगरी, आर्थिक वर्ष २०७०र७१र२०७१र७२ मा कम्पनीले वितरण गर्ने निर्णय गरेको नगद लभांशको रकम केही शेयरधनीहरुले बुझि लिन बाँकी रहेको हुनाले सो रकम बुझ्नका लागि कम्पनीको सम्पर्क कार्यालय ललितपुरमा सम्पर्क राख्न पनि कम्पनीले आग्रह गरेको छ । 

यो पनि