बैशाख २२, २०८१, शनिबार
               

बैंक अफ काठमान्डूको खुद नाफा १९.८४ प्रतिशतले घटयो

नेपाल फ्ल्यास
माघ १५, २०७७

ADVERTISEMENT

काठमाडौं । बैंक अफ काठमान्डूको खुद नाफा घटेको छ । बैंक अफ काठमान्डूको चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा गत वर्षको तुलनामा १९.८४ प्रतिशतले घटेर ७० करोड ८५ लाख ११ हजार रुपैयाँमा भएको छ  । 

गत वर्षको यस अवधिमा बैंकले ८८ करोड ३८ लाख १६ हजार रुपैयाँ खुद नाफा गरेको थियो ।बैंकको वितरणयोग्य नाफा पनि ३५.४३ प्रतिशतले घटेर ३८ करोड ६२ लाख ८६ हजार रुपैयाँमा रहेको छ । 

चुक्ता पुँजी १३ प्रतिशत र रिजर्भ कोष २.५६ प्रतिशतले बढाएको छ । रिटेन्ड अर्निङ ५५.८१ प्रतिशतले घटेको छ । प्रतिसेयर आम्दानी ६ रुपैयाँ १ पैसाले घटेर १४ रुपैयाँ ६७ पैसा रहेको छ ।


कस्तो लाग्यो ?

यो पनि