बैशाख २२, २०८१, शनिबार
               

ग्लोबल आइएमई बैंकको खुद नाफा ३७.३२ प्रतिशतले बढेयो

नेपाल फ्ल्यास
माघ १५, २०७७

ADVERTISEMENT

काठमाडौं । ग्लोबल आइएमई बैंकले खुद नाफा २ अर्ब ३१ करोड ५१ लाख १८ हजार गरेको छ । चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म गत वर्षको तुलनामा खुद नाफा ३७.३२ प्रतिशतले बढेको हो । 

यस अवधिमा बैंकको वितरणयोग्य नाफा भने १ अर्ब ४३ करोड २० लाख ४६ हजार रहेको छ । सञ्चालन नाफा ३६.६६ प्रतिशतले बढेको छ । गत वर्ष २ अर्ब ३६ करोड ९० लाख ५६ हजार सञ्चालन नाफा गरेको बैंकले यस वर्ष ३ अर्ब २३ करोड ७६ लाख ६६ हजार यो नाफा गरेको हो । 

बैंकको जगेडा कोष रकम भने गत वर्षभन्दा करीब ६ प्रतिशतले घटेको छ । गत वर्ष ८ अर्ब १७ करोड ९५ लाख १३ हजार रहेको जगेडा कोष रकम यस वर्ष ७ अर्ब ७० करोड ८ लाख २१ हजारमा झरेको छ ।

निक्षेप संकलन १०.४१ प्रतिशत बढी २ खर्ब ३४ अर्ब ४१ करोड २३ लाख २५ हजार गरेको बैंकले गत वर्षभन्दा ७ प्रतिशत बढी २ खर्ब ३ अर्ब ७८ करोड ९७ लाख ६७ हजार कर्जा प्रवाह गरेको छ । निष्क्रिय कर्जा अनुपात  बढेर १.७२ प्रतिशत पुगेको छ ।यस अवधिसम्म कम्पनीको प्रतिशेयर आम्दानी २१.४० र प्रतिशेयर नेटवर्थ १४२.६३ रहेको छ ।


कस्तो लाग्यो ?

यो पनि