बैशाख २१, २०८१, शुक्रबार
               

मेगा बैंकको खुद नाफा ३७.२८ प्रतिशतले बढ्यो

नेपाल फ्ल्यास
माघ १५, २०७७

ADVERTISEMENT

काठमाडौं । मेगा बैंकले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म १ अर्ब ३० करोड ४४ लाख ७१ हजार खुद नाफा गरेको छ । 

यस वर्ष ३७.२८ प्रतिशतले कम्पनीको खुद नाफा बढेको हो । 

यस बैंकको गत वर्ष यस अवधिसम्ममा खुद नाफा ९५ करोड २ लाख ४ हजार रहेको थियो ।

बैंकको सञ्चालन नाफा १ अर्ब ८२ करोड ८४ लाख ५१ हजार  रहेको छ जसमा ३४.४६ प्रतिशतले बढेको हो । 

बैंकले आज वित्तीय विवरण सार्वजनिक गरेअनुसार वितरणयोग्य नाफा ६८ करोड १३ लाख २० हजार छ ।

जगेडा कोष रकम २ अर्ब ९४ करोड ७२ लाख २६ हजारले बढेर ०.७१ प्रतिशत कायम भएको छ ।

कर्जा प्रवाहमा ०.५७ प्रतिशत बढी १ खर्ब २८ अर्ब ६२ करोड ४२ लाख ८५ हजार निक्षेप संकलन गरेको बैंकले ११.६७ प्रतिशत बढी १ खर्ब २३ अर्ब ३९ करोड ५८ लाख ३३ हजार रहेको छ । 

बैंकको प्रतिशेयर आम्दानी १७.९७ र प्रतिशेयर नेटवर्थ १३१.६४ रहेको छ । 

हाल कम्पनीको चुक्तापूँजी १४ अर्ब ६६ करोड ४९ लाख ६४ हजार रहेको छ । 


कस्तो लाग्यो ?

यो पनि