बैशाख २२, २०८१, शनिबार
               

सानिमा लार्ज क्याप फन्डमा आवेदन दिने आज अन्तिम दिन

नेपाल फ्ल्यास
माघ १५, २०७७

ADVERTISEMENT

काठमाडौं । सानिमा लार्ज क्याप फन्ड नामक सामुहिक लगानी कोषमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।

सानिमा क्यापिटल लिमिटेडले माघ ९ गतेदेखि निष्कासन तथा बिक्री खुला गरेको थियो  । 

क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा एक अर्ब रुपैयाँ बराबरको १० करोड इकाई निष्कासन खुला गरेको हो । 

फण्डले १५ प्रतिशत इकाई कोष प्रवर्धक सानिमा बैंकलाई सुरक्षित गरी बाँकी रहेको ८ करोड ५० लाख इकाई सर्वसाधारणलाई बिक्री गरेको हो । 

उक्त फण्डमा न्यूनतम १०० इकाईदेखि अधिकतम एक करोड इकाईसम्म आवेदन दिन सकिनेछ ।

लगानीकर्ताहरूले धितोपत्र बोर्डबाट आश्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो शेयरबाट पनि आवेदन दिन सक्नेछन् । 

यो सात वर्षे बन्दमुखी प्रकृतिको योजना हो ।

यो पनि