बैशाख २२, २०८१, शनिबार
               

एनएमबी बैंकको खुद नाफा ४७.६९ प्रतिशतले बढायो

नेपाल फ्ल्यास
माघ १५, २०७७

ADVERTISEMENT

काठमाडौं । एनएमबी बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा १ अर्ब ६१ करोड रुपैयाँ खुद नाफा कमाएको छ । 

बैंकको वित्तिय विवरण अनुसार गत आर्थिक वर्षको भन्दा ४७.६९ प्रतिशतले बढेको हो ।

गत आर्थिक वर्ष यस अवधिमा बैंकले १ अर्ब ९ करोड रुपैयाँ मात्र खुद नाफा आर्जन गरेको थियो । 

बैंकको वितरणयोग्य नाफा ३५.२१ प्रतिशतले बढाएर १ अर्ब ५० करोड रुपैयाँ पुराएको छ । 

यस बैंकको खुद ब्याज आम्दानी ४.९५ प्रतिशत र संचालन नाफा ४५.९६ प्रतिशतले बढेको छ ।

बैंकले पुस मसान्तसम्म निक्षेप संकलन १२.७६ प्रतिशत र २०.८१ प्रतिशतले बढाउन सफल भएको छ ।

प्रतिशेयर आम्दानी पनि २ रुपैयाँ १९ पैसाले बढेर २२ रुपैयाँ ५० पैसा कायम भएको छ ।  प्रतिसेयर नेटवर्थ १६० रुपैयाँ ४१ पैसा रहेको छ ।


कस्तो लाग्यो ?

यो पनि