बैशाख २१, २०८१, शुक्रबार
               

प्राइम बैंकको खुद नाफा ३९.४० प्रतिशतले बढ्यो

नेपाल फ्ल्यास
माघ १५, २०७७

ADVERTISEMENT

काठमाडौं । प्राइम कमर्सियल बैंकको दोस्रो त्रैमाससम्ममा खुद नाफा ३९.४० प्रतिशतले बढेर १ अर्ब ८१ करोड ३३ लाख २९ हजार रुपैयाँ पुगेको छ । 

गत वर्षको सोही अवधिमा बैंकले १ अर्ब ३० करोड ७ लाख ८७ हजार रुपैयाँ मात्रै नाफा कमाएको थियो । 

यसअवधिमा बैंकको वितरणयोग्य नाफा ४५.९९५ ले बढेर १ अर्ब २६ करोड ४२ लाख ५२ हजार रुपैयाँ पुगेको छ । गत वर्षको वितरणयोग्य नाफा ८६ करोड ५९ लाख ५८ हजार रुपैयाँ मात्रै थियो । 

बैंकको खुद ब्याज आम्दानी ३४.६६ प्रतिशत र सञ्चालन नाफा ३९.८८ प्रतिशतले बढेको हो । 

पुस मसान्तसम्म बैंकको प्रतिसेयर आम्दानी २२ रुपैयाँ ५५ पैसा र प्रतिसेयर नेटवर्थ १३९ रुपैयाँ ३३ पैसा छ ।


कस्तो लाग्यो ?

यो पनि