बैशाख २०, २०८१, बिहीबार
               

लक्ष्मी बैंकको खुद नाफा १०.६२ प्रतिशतले घट्यो

नेपाल फ्ल्यास
माघ १५, २०७७

ADVERTISEMENT

काठमाडौं । लक्ष्मी बैंकको चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म १०.६२ प्रतिशत घटेको छ । 

कम्पनीको चुक्तापूँजी ९ प्रतिशत बोनस शेयर मार्फत वृद्धि भएको हो । 

गत वर्ष ९० करोड ३० लाख २९ हजार खुद नाफा गरेको कम्पनीले यस वर्ष ८० करोड ७१ लाख १५ हजार मात्र नाफा गरेको हो । 

सञ्चालन नाफा १२.३४ प्रतिशतले घटेर कम्पनीको खुद नाफा घटेको हो । गत वर्ष १ अर्ब २९ करोड ४१ लाख १५ हजार सञ्चालन नाफा गरेको कम्पनीले यस वर्ष १ अर्ब १३ करोड ४ लाख ३६ हजार मात्र यो नाफा गरेको छ ।

जगेडा कोषको रकम ३ अर्ब ७१ करोड २२ लाख ७ हजार कायम भएको छ । गत वर्ष १ खर्ब ४ अर्ब ३५ करोड ७५ लाख ३४ हजार निक्षेप संकलन गरेको कम्पनीले यस वर्ष १.०४ प्रतिशतले बढी रहेको छ ।

यस बैंकको प्रतिशेयर आम्दानी १५.०९  प्रतिशेयर नेटवर्थ १४३.८३ रहेको छ ।

हाल यस कम्पनीको चुक्तापूँजी १० अर्ब ६९ करोड ५६ लाख ९० हजार पुगेको हो । 
 


कस्तो लाग्यो ?

यो पनि