जेठ ०२, २०८१, बुधबार
               

महिला लघुवित्तले आइपीओ निष्काशन गर्ने

नेपाल फ्ल्यास
माघ १५, २०७७

ADVERTISEMENT

काठमाडौं । महिला लघुवित्त वित्तीय संस्थाले ४० प्रतिशत आईपीओ निष्काशन गर्ने अनुमति पाएको छ ।

नेपाल धितोपत्र बोर्डले माघ १० गते संस्थालाई अंकित मूल्य १०० को ४ लाख कित्ता आइपीओ निष्काशन गर्न स्वीकृति दिएको हो ।

महिला लघुवित्तले आइपिओ निष्काशन तथा बिक्री गर्नका लागि मंसिर ३ गते, सेबोनमा निवेदन पेश गरेको थियो ।

यस संस्थाले ४ करोड रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्ने भएको छ । 

कम्पनीको शेयर निष्काशन तथा कम्पनीको बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग रहेको छ ।

यो पनि