जेठ ०२, २०८१, बुधबार
               

हिमालयन बैंकको दोस्रो त्रैमासमा खुद नाफा घट्यो

नेपाल फ्ल्यास
माघ १५, २०७७

ADVERTISEMENT

काठमाडौं । हिमालयन बैंकको चालु आर्थिक वर्ष २०७७/७८ को दोस्रो त्रैमासमा खुद नाफा घटेको छ । 

बैंकको चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरणमा खुद नाफा गत आर्थिक वर्षको तुलनामा ६२.५० प्रतिशतले घटेको हो । 

गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा बैंकले १ अर्ब ७४ करोड खुद नाफा कमाएको थियो । यस वर्ष ६५ करोड ३२ लाख खुद नाफा कमाएको छ । यसरी हेर्दा गत आर्थिक वर्षको तुलनामा १ अर्बभन्दा बढीले कम आएको हो ।

यस बैंकको खुद ब्याज आम्दानी २ अर्ब ५७ करोडबाट घटेर १ अर्ब ७५ करोडमा झरेको छ । 

अन्य सञ्चालन आम्दानी ७ करोड ७२ लाखबाट घटेर १ करोड ९३ लाख रुपैयाँ झरेको छ,त्यसैले बैंकको सञ्चालन नाफा पनि घटेर ९८ करोडले घटेको हो । 

बैंकको कर्मचारी खर्च ८८ करोडबाट ७४ करोडमा झरेको छ, भने अन्य सञ्चालन आम्दानी पनि झण्डै ७ लाख घटाएको छ । 

हाल यस बैंकको चुक्तापूँजी १० अर्ब ६८ करोड रहेको छ । 


कस्तो लाग्यो ?

यो पनि