जेठ ०३, २०८१, बिहीबार
               

यती र हिमालय एअरलाइन्सबीच व्यापार साझेदारी

नेपाल फ्ल्यास
माघ १५, २०७७

ADVERTISEMENT

काठमाडाैं । हिमालय एअरलाइन्स र यती एअरलाइन्सबीच सञ्जाल एकीकरण, बिक्री वृद्धि विस्तार र दुवै कम्पनीको ई–कमर्स कार्य क्षमतामा क्रमिक विस्तारका लागि एकआपसमा रणनीतिक व्यापार साझेदारी भएकाे छ ।

एप्लिकेशन प्रोगामिङ इन्टरफेस (एपीआई) को प्रभावकारी कार्यान्वयनका लागि पहिलो सम्झौतामा दुवै कम्पनीका प्रतिनिधिहरूले बुधवार आयोजित कार्यक्रममा हस्ताक्षर गरेका छन् । हिमालय एअरलाइन्सले अहिले मध्यपूर्वी एसिया र दक्षिण एसियाका विभिन्न गन्तव्यमा अन्तर्राष्ट्रिय उडानहरू सञ्चालन गरिरहेको छ भने यती एअरलाइन्सले नेपालभर आन्तरिक गन्तव्यहरूमा नियमित उडान गर्दै आएको छ । 

सम्झौताअनुसार दुवै एअरलाइन्सले आ–आफ्नो टिकट जारी गर्न, नयाँ सेवालाई समावेश गरेन, यात्रुहरूलाई टिकट खरिदमा सरलीकृत बनाउनुका साथै आफ्ना सेवा एकअर्काको वेबसाइटमा सहज किसिमले उपलब्ध गराउने जनाएका छन् । यद्यपि यसमा आवश्यक प्राविधिक प्रक्रिया पूरा गर्न बाँकि रहेकाले कार्यान्वयनमा आउन केही समय लाग्ने कम्पनीले जनाएका छन् । 

कार्यक्रममा बोल्दै हिमालय एअरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले दुई एअरलाइन्सबीचकाे सहकार्य हिमालय र यतीबीच रणनीतिक व्यापारिक साझेदारीको दिशामा पहिलो चरण भएको बताए । यस्तै, यती एअलाइन्सका प्रमुख कार्यकारी अधिकृत अनोज रिमालले हिमालय एअरलाइन्सलाई साझेदारको रूपमा पाउँदा आफूहरूलाई खुसी र उत्साहित बनाएको बताए ।

दुवै एअरलाइन्सका वेबसाइटका माध्यमबाट यात्रुहरूले यती एअरलाइन्स, तारा एअर र हिमालय एअरलाइन्सले उडान भर्ने राष्ट्रिय र अन्तर्राष्ट्रिय दुवै गन्तव्यमा चाहेअनुसारको उडान सेवा छनाेट गरी फाइदा लिन सक्ने कम्पनीले जनाएको छ । 

यो पनि