जेठ ०३, २०८१, बिहीबार
               

सूर्या लाइफ इन्स्योरेन्सद्धारा नगद लाभांश शेयरधनीको खातामा जम्मा

नेपाल फ्ल्यास
माघ १४, २०७७

ADVERTISEMENT

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना शेयरधनीहरुको बैंक खातामा नगद लाभांश जम्मा गरिदिएको छ । 

यस कम्पनीको माघ ६ गते बसेको साधारणसभाले पारित गरेको ८ प्रतिशत नगद लाभांश पुस १६ गतेसम्म बैंक खाता अपडेट गराएका शेयरधनीहरुको बैंक खातामा जम्मा गरिदिएको छ ।

कम्पनीले शेयरधनीलाई हितग्राही खातामा आफ्नो बैंकको खाता नम्बर अपडेट नगराएको हकमा हितग्राही खाता खोलेको सम्बन्धित निक्षेप सदस्यमा सम्पर्क गरी नेपाल क्लियरिङ्ग हाउसको आईपीएस सदस्यता प्राप्त कुनै पनि बैंक तथा वित्तीय संस्थाको खाता नम्बर अपडेट गर्न आग्रह गरेको छ ।

कम्पनीले पुस १६ गतेसम्म कायम शेयरधनीहरुले शेयर प्रमाणपत्र धितोमा राखि कर्जा सुविधा प्रयोग गर्दै आएका शेयरधनीलाई बैंक तथा वित्तीय संस्थाबाट स्वीकृती पत्र प्राप्त भएपश्चात बैक खातामा नगद लाभांश जम्मा गरिने बताएको छ ।

यो पनि