जेठ ०३, २०८१, बिहीबार
               

निफ्राको साधारण शेयर आगामी शुक्रबार बाँडफाँड हुने

नेपाल फ्ल्यास
माघ १४, २०७७

ADVERTISEMENT

नेपाल इन्फ्रास्ट्रक्टर बैंक(निफ्रा)ले साधारण शेयर आगामी शुक्रबार बाँडफाँड गर्ने तयारी गरिएको छ । 

बैंकको आइपिओमा कुल १५ लाख ५० हजारले १८ करोड ३४ लाख कित्ता सेयर माग्दै आवेदन दिएका थिए । बैंकले सर्वसाधारणलाई जम्मा ७ करोड ५८ लाख ४० हजार कित्ता सेयर बाँडफाँड गर्नेछ । 

आवेदन दिएको संख्यालाई आधार बनाउँदा ४० कित्तासम्मका लागि आवेदन दिने सबैले मागेजति नै सेयर पाउने छन् । कतिपयले न्यूनतम १० कित्ताका लागि पनि आवेदन दिएका हुन्छन्। तसर्थ अधिकांशले ५० कित्ता सेयर पाउने छन् ।

धितोपत्र बाँडफाँड निर्देशिकाअनुसार पुगेसम्म सबैलाई १० कित्ता र सोभन्दा बढी सेयर बाँडफाँड गर्न पुग्ने अवस्थामा १० ले गुणा जाने अंकमा बाँडफाँड गर्नुपर्छ। 

निफ्राकाे आइपिओ निश्कासनपछि बैंकको चुक्ता पुँजी २० अर्ब हुनेछ । 

 


कस्तो लाग्यो ?

यो पनि