जेठ ०२, २०८१, बुधबार
               

हुमिनमा ग्लोबलको शाखारहित बैंकिङ सेवा

नेपाल फ्ल्यास
माघ १४, २०७७

ADVERTISEMENT

काठमाडौं । ग्लोबल आइएमई बैंकले पाल्पाको हुमिन(ग्याङ्गसिंग पोखरा)मा नयाँ शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । यस शाखारहित बैंकिङ सेवा संचालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ सेवा संख्या २४५ पुगेको छ ।

बैंकले पाल्पा जिल्ला रम्भा गाउँपालिका वडा नं. ४, हुमिन (ग्याङ्गसिंग पोखरा) मा सञ्चालनमा ल्याएको शाखारहित बैंकिङ सेवाको उद्घाटन रम्भा गाउँपालिका वडा नं. ४ का वडाअध्यक्ष भोज बहादुर बिकले गरे । उक्त शाखारहित बैंकिङ सेवाको प्रतिनिधि बिष्णुबहादुर बोम्रेललाई नियुक्त गरिएको छ ।

शाखारहित बैंकिङ्ग सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानिय बासिन्दाले स्थानिय प्रतिनिधिमार्फत बैंकिङ सेवा लिन सक्ने जनाइएको छ ।

यसबाट निक्षेप खाता खोल्ने, तोकिएको सीमा सम्मको रकम जम्मा गर्ने तथा झिक्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने, कर्जाको व्याज भुक्तानी गर्ने, एनटीसी-एनसेल-डिशहोम-सीडीएमए-युटीएलको महसुल भुक्तानी गर्ने, मोबाइल रिचार्ज गर्ने लगायतका सेवा लिन सक्नेछन् ।


कस्तो लाग्यो ?

यो पनि