जेठ ०३, २०८१, बिहीबार
               

सामलिङ पावर कम्पनीले आइपीओ निष्कासन गर्ने

नेपाल फ्ल्यास
माघ १३, २०७७

ADVERTISEMENT

काठमाडौं । सामलिङ पावर कम्पनीले आइपीओ निष्कासनका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीले बोर्डसँग स्थानीय र सर्वसाधारणका लागि ५० करोड रुपैयाँबराबरको ५० लाख कित्ता सेयर जारीका लागि आवेदन दिएको हो । 

हाल उर्जा डेभलपर्स ग्रुप कम्पनी सामलिङ पावरद्धारा इलाम जिल्लामा निर्माणाधिन माइबेनी जलविद्युत आयोजना अन्तिम चरणमा रहेको छ । कम्पनी स्थापनको तीन वर्षभित्र उर्जा डेभलपर्सले ग्रुप कम्पनी मार्फत अन्य दुई जलविद्युत आयोजनाको पनि निर्माण गरिरहेको छ ।

उक्त आईपिओ बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेन्ट बैंकिङ रहेको छ । 


कस्तो लाग्यो ?

यो पनि