जेठ ०२, २०८१, बुधबार
               

इन्फ्रास्ट्रक्चर बैंकको आईपीओ शुक्रबारसम्म बाँडफाँट हुने

नेपाल फ्ल्यास
माघ १३, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आईपीओ शुक्रबारसम्म बाँडफाँट हुने भएको छ । 

यस बैंकले १ लाख ६० हजार कित्ता कर्मचारीलाई, ४० लाख कित्ता सेयर सामूहिक लगानी कोषका लागि र ७ करोड ५८ लाख ४० हजार कित्ता सर्वसाधारणका लागि छुट्टाएको छ । 

उक्त आईपीओमा १५ लाख २९ हजार ४६० जना आवेदकले १८ अर्ब १२ करोड ८६ लाख ७२ हजार रुपैयाँको १८ करोड १२ लाख ८६ हजार ७२० कित्ताको लागि आवेदन दिएका छन् । 

यो आईपीओ निष्काशन तथा बिक्री प्रवन्धको एनआइबीएलएस क्यापिटलले बाडँफाडँको तयारी भइरहेको जनाएको छ । 

यो पनि