जेठ ०३, २०८१, बिहीबार
               

जीवन बीमा कम्पनीहरुको बीमा शुल्क ३२ प्रतिशतले बढ्यो

नेपाल फ्ल्यास
माघ १३, २०७७

ADVERTISEMENT

काठमाडौं । १९ वटा जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्ष २०७७/७८ दोस्रो त्रैमाससम्ममा बीमा शुल्क ६२ अर्ब १० करोड बीमाशुल्क संकलन गर्न सफल भएका छन् । 

गत आर्थिक बर्षको यस अवधिमामा जीवन बीमा कम्पनीहरुले ४७ अर्ब ५७ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेका थिए । गत आर्थिक बर्षको तुलनामा जीवन बीमा कम्पनीहरुको बीमाशुल्क आर्जन ३२.१२ प्रतिशतले बढेको हो ।  

बीमा समितिको तथ्याङ्क अनुसार जीवन बीमा कम्पनीहरुले चालु आर्थिक बर्षको साउन मसान्तसम्ममा १० अर्ब १४ करोड रुपैयाँ, भदौ मसान्तम्ममा २० अर्ब ९७ प्रतिशत बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।

बिमा कम्पनीहरुले असोज मसान्तसम्ममा ३२ अर्ब ३२ करोड रुपैयाँ, कात्तिक महिनामा ३९ अर्ब २२ करोड रुपैयाँ, मंसिरमसान्तसम्ममा ४९ अर्ब २९ करोड रुपैयाँ, पुस मसान्तसम्ममा ६३ अर्ब १० करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् ।

यसैगरी, बीमा पोलिसीले नवीकरण बीमाशुल्क अनलाइनमार्फत भुक्तानी गर्न सकिने व्यवस्था गरिएको छ । 

यो पनि