जेठ ०२, २०८१, बुधबार
               

मेगा बैंकद्धारा कुवेतमा ‘मेगा रेमिट’ सेवा

नेपाल फ्ल्यास
माघ १३, २०७७

ADVERTISEMENT

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले कुवेतमा ‘मेगा रेमिट’ सेवा विस्तार गरेको छ । 

मेगा बैंक र कुवेतको लुलु एक्सचेन्ज कम्पनी लिमिटेडबीच रेमीट्यान्स कारोबारसम्बन्धी सम्झौता हो । 

उक्त साझेदारीपछि कुवेतमा रहेका नेपालीहरूलाई नेपालमा रकम पठाउन सहज-सुलभ हुने मेगा बैंकले विश्वास लिएको छ ।

बैंकका अनुसार लुलु एक्सचेन्जका २२ वटा शाखाबाट नेपालीहरूले नेपालमा मेगा रेमीटमा रकम पठाउन र लुलु एक्सचेन्जको मोबाइल एपमार्फत पनि सेवा लिन सक्ने छन् । 

कुवेतबाट नेपालीहरूले पठाएको रकम मेगा बैंकका शाखा र एटिएम बाट तुरून्तै भुक्तानी लिन सकिनेछ । 


कस्तो लाग्यो ?

यो पनि