जेठ ०३, २०८१, बिहीबार
               

कामना सेवा विकास बैंकको २.६२ गुणा नाफा बढ्यो

नेपाल फ्ल्यास
माघ १३, २०७७

ADVERTISEMENT

काठमाडौं । कामना सेवा विकास बैंकले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिकसम्ममा २.६२ गुणा वृद्धि भएको छ । 

गत आवको यस अवधिसम्ममा बैंकले १४ करोड ८५ लाख १९ हजार नाफा कमाएकामा चालू आवको सोही अवधिमा वृद्धि भएर ३९ करोड ४७ हजार पुगेको हो । 

दोस्रो त्रैमासमा बैंकको खुद ब्याज आम्दानी १९ प्रतिशत र सञ्चालन नाफा ६४ प्रतिशत वृद्धि भएकाले नाफा बढेको हो ।

यस अवधिमा बैंकको वितरणयोग्य नाफा २७ करोड १९ लाख ६७ हजार रहेको छ । चालू आवको दोस्रो त्रैमाससम्म बैंकले ३८ अर्ब १८ करोड ४१ लाख ६२ हजार निक्षेप संकलन गरेको छ, भने ३१ अर्ब २० करोड २८ लाख १५ हजार कर्जा लगानी गरेको छ ।

हाल यस बैंकको चुक्ता पुँजी २ अर्ब ५४ करोड १ लाख रहेको कम्पनीले जगेडा कोषमा ४९ करोड ५३ लाख १८ हजार र रिटेन्ड अर्निङमा २६ करोड ८९ लाख  ७६ हजार सञ्चित गरेको हो । सोमबार कम्पनीको शेयर मूल्य २८४ कायम भएको छ ।


कस्तो लाग्यो ?

यो पनि