जेठ ०२, २०८१, बुधबार
               

नेपाल बङ्गलादेश बैंकको खुद नाफा १६ प्रतिशतले बढ्यो

नेपाल फ्ल्यास
माघ १३, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाल बङ्गलादेश बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०७७/७८ को दोस्रो त्रैमाससम्ममा ९४ करोड १२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । 

यस बैंले गत वर्षको यही अवधिको तुलनामा १६.५२ प्रतिशतले नाफा कमाएको हो । 

हाल यस बैंकको चुक्ता पूँजी ८ अर्ब ४९ करोड ५८ लाख रुपैयाँ, जगेडा कोषमा ४ अर्ब ४६ करोड रुपैयाँ रहेको छ ।

बैंकले १ अर्ब २४ करोड ६६ लाख रुपैयाँ खुद व्याज आम्दानी गरेको छ,भने १ अर्ब ३३ करोड ९० लाख रुपैयाँ सञ्चालन मुनाफा गरेको छ । 

उक्त मुनाफा रकम गत वर्षको यही अवधिको तुलनामा १८.८९ प्रतिशतले बढी हो ।

यस बैंकको अवधिसम्ममा प्रतिशेयर आम्दानी २२ रुपैयाँ १६ पैसा र प्रतिशेयर नेटवर्थ १६५ रुपैयाँ ५० पैसा रहेको छ ।


कस्तो लाग्यो ?

यो पनि