जेठ ०२, २०८१, बुधबार
               

सुनको मूल्य बढ्यो

नेपाल फ्ल्यास
माघ १३, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्य बढेको छ । चाँदीको मूल्यमा भने सामान्य गिरावट आएको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो (सोमबार) को तुलनामा आज सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले बढेको छ ।

आज नेपाली बजारमा छापावाला सुन प्रतितोला ९२ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । 

यस्तै तेजाबी सुन प्रतितोला ९२ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यसैबीच, आज चाँदीको मूल्य प्रतितोला पाँच रुपैयाँले घटेर एक हजार २५५ रुपैयाँमा कारोबार भइरहेको छ ।


कस्तो लाग्यो ?

यो पनि