जेठ ०२, २०८१, बुधबार
               

अपी पावरको नाफा २४५ प्रतिशतले बढ्यो

नेपाल फ्ल्यास
माघ १३, २०७७

ADVERTISEMENT

काठमाडौं । अपी पावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०७७/७८ को दोस्रो त्रैमास १४ करोड ३२ लाख १२ हजार रुपैयाँ खुद नाफा कमाएको छ । 

यस कम्पनीको चुक्ता पूँजी १ अर्ब ९२ करोड ९७ लाख रुपैयाँ रहेको छ । जगेडा कोषमा २९ करोड ७० लाख ८१ हजार रूपैयाँ संचिती रहेको छ ।

यस अवधिमा कम्पनीले विद्युत विक्री वापत २४ करोड १९ लाख ६७ हजार रूपैयाँ आम्दानी गरेको छ ।

कम्पनीको अन्य स्रोतबाट हुने आम्दानी पनि १४ लाख ५ हजार रुपैयाँबाट बढेर ६ करोड १७ लाख ७० हजार रुपैयाँ पुगेको छ ।

यस अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी पनि ६ रुपैयाँ ९६ पैसाबाट बढेर १४ रुपैयाँ ८४ पैसा पुगेको छ, भने यसको प्रतिशेयर नेटवर्थ पनि १०९ रुपैयाँ ७१ पैसाबाट बढेर ११५ रुपैयाँ ३९ पैसा पुगेको छ ।


कस्तो लाग्यो ?

यो पनि