जेठ ०३, २०८१, बिहीबार
               

नेपाल बैंकको अनलाइन अकाउन्ट ओपनिङ सेवा सुरु

नेपाल फ्ल्यास
माघ १३, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाल बैंकले अनलाइन बाटै खाता खोल्न सकिने गरि अनलाइन अकाउन्ट ओपनिङ सेवा सञ्चालनमा ल्याएको छ ।

बैंकले ग्राहकहरुलाई डिजटलाईजेसन गर्ने क्रममा यो सेवा सञ्चालनमा ल्याएको हो । 

नेपाल बैंक लिमिटेडको वेबसाइटमा राखेको अनलाईन अकाउन्ट ओपनिङ को ट्याबमा गएर क्लिक गरेपछि आफुलाई उपयुुक्त हुने खाता छनौट गरेर त्यसभित्र आवश्यक जानकारीहरू भरेर खाता प्राप्त गर्न सकिनेछ,भने खाता खोलिसकेपछि त्यसमा रहने न्युनतम मूल्य बारेमा पनि त्यहीं स्पष्ट गरिएको छ । 

साथै, खाता खोल्न आवश्यक कागजात, खातामा प्राप्त हुने ब्याजदर, ब्याज प्राप्त हुने अवधि आदिको बारेमा त्यहाँबाट जानकारी लिन सकिन्छ । 

यस सेवा मार्फत विदेशमा रहेका नेपालीहरूले पनि विदेशबाट आफ्नै खाता खोलेर रकम जम्मा गर्न सक्नेछन् । 

हाल नेपाल बैंकमा खाता खोल्दा पहिलोपटकका लागि एटिएम कार्ड, मोबाईल बैंकिङ, ईन्टरनेट बैंकिङ,डिम्याट अकाउन्ट् जस्ता सेवाहरू पनि निशुल्क प्रदान गर्ने व्यवस्था गरेको छ । 

यस बैंकले कन्ट्याक्टलेस एटिएम कार्ड, स्क्यान टु पे,क्युआर टेलर जस्ता अत्याधुनिक सेवाहरू समेत विस्तार गरेको छ ।


कस्तो लाग्यो ?

यो पनि