काठमाडौं । नेपाल क्रेटिड एण्ड कमर्स बैंकले शेयर मूल्यमा प्रभाव पार्ने कुनै पनि निर्णय नभएको जनाएको छ ।
हिजो (आइतवार) नेप्सेले सोधेको प्रश्नको उत्तर दिंदै बैंकले शेयर मूल्यलाई प्रभाव पार्ने कुनै पनि निर्णय नभएको बताएको हो ।
साथै बैंकले नेपाल स्टक एक्सचेञ्जलाई लाभांश दिने सम्बन्धी सूचना समयमै जनाएको बताएको छ । त्यसैगरी बैंकले साधारणसभामा मर्जर वा गाभिनका लागि बैंकको तर्फबाट गर्नुपर्ने सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिएको हो ।