जेठ ०२, २०८१, बुधबार
               

कुमारी बैंकको नाफा एक अर्ब

नेपाल फ्ल्यास
माघ १२, २०७७

ADVERTISEMENT

काठमाडौं । कुमारी बैंकले चालु आर्थिक २०७७/७८ को पुस मसान्तसम्ममा एक अर्ब रुपैयाँभन्दा बढी खुद नाफा कमाएको छ । 

चालु आ. व.को दोस्रो त्रैमाससम्म बैंकको वितरणयोग्य नाफा ६३ करोड ७५ लाख रुपैयाँ ५५ हजार रहेको छ । 

गत आर्थिक वर्षको पुस मसान्तसम्ममा १६ रुपैयाँ ८३ पैसा रहेको बैंकको प्रतिशेयर आम्दानी चालु आर्थिक वर्षको सोही अवधिसम्ममा बढेर १७ रुपैयाँ ५३ पैसा पुगेको छ। 

यस अवधिमा बैंकको खुद ब्याज आम्दानी ३७.०१ प्रतिशतले बढेर २ अर्ब ४९ करोड ७७ लाख रुपैयाँ पुगेको छ । 

त्यसैगरी, बैंकको सञ्चालन मुनाफा अवधिमा ५३.४७ प्रतिशत बढेर १ अर्ब ७४ करोड ५ लाख रुपैयाँ पुगेको छ । बैंकको अन्य सञ्चालन आम्दानी खुद व्यापार आम्दानी बढेसँगै इम्पेरमेन्ट चार्ज रिभर्स भएका कारण खुद ब्याज आम्दानीको तुलनामा सञ्चालन मुनाफा बढेको हो ।

यस अवधिसम्ममा बैंकले १ खर्ब २२ अर्ब ७२ करोड ८८ लाख रुपैयाँ निक्षेप सङ्कलन गरी १ खर्ब १४ अर्ब ७३ करोड ८९ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । 

बैंकले पुस मसान्तसम्ममा २ अर्ब ४९ करोड ७७ लाख ८९ हजार रुपैयाँ ब्याज आम्दानी र १ अर्ब ७४ करोड ५ लाख २३ हजार रुपैयाँ सञ्चालन नाफा कमाएको छ । बैंकको खुद ब्याज आम्दानी ३७ र सञ्चालन नाफा साढे ५३ प्रतिशत बढेको हो ।

दोस्रो त्रैमासमा ६३ करोड ७५ लाख रुपैयाँ वितरणयोग्य मुनाफा रहेको बैंकको प्रतिशेयर नेटवर्थ १३० रुपैयाँ ८२ पैसा रहेको छ । हाल बैकको चुक्ता पूँजी १३ अर्ब ८७ करोड ८४ लाख ७४ हजार रुपैयाँ रहेको छ ।


कस्तो लाग्यो ?

यो पनि