जेठ ०२, २०८१, बुधबार
               

लक्ष्मी लघुवित्तको खुद नाफा ९ करोड ४ लाख रुपैयाँ

नेपाल फ्ल्यास
माघ ११, २०७७

ADVERTISEMENT

काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०७७/७८ को दोस्रो त्रैमासमा ९ करोड ४ लाख रुपैयाँ खुद नाफा गरेको छ । 

यस अवधिमा २२ करोड ३९ लाख ३६ हजार रुपैयाँ खुद व्याज आम्दानी भएको भने,गत वर्षको यस अवधिको तुलनामा संस्थाको खुद ब्याज आम्दानी २२.८८ प्रतिशतले बढी हो । 

पुस मसान्तसम्ममा लघुवित्तले १ अर्ब ८७ करोड ८६ लाख रुपैयाँ तथा ३ अर्ब २९ करोड २३ लाख रुपैयाँ सापटीबाट कुल ५ अर्ब ५० करोड २४ लाख रुपैयाँ कर्जा लगानी गरेको छ।

यस संस्थाले यस अवधिमा सञ्चालन नाफा २७.८८ प्रतिशतले वृद्धि भएर १४ करोड २१ लाख १८ हजार रुपैयाँ पुगेको छ ।

संस्थाको प्रतिशेयर आम्दानी ५६ रुपैयाँ ४९ पैसा र प्रतिशेयर नेटवर्थ १८२ रुपैयाँ २८ पैसा रहेको छ ।

हाल यस संस्थाको चुक्ता पूँजी ३२ करोड ४५ हजार रुपैयाँ, जगेडा कोषमा २८ करोड ३३ लाख रुपैयाँ रहेको छ । 

यो पनि