जेठ ०२, २०८१, बुधबार
               

ग्रीन लाइफ हाइड्रोपावरले २३ गतेबाट शेयर निष्काशन तथा बिक्री खुला गर्ने

नेपाल फ्ल्यास
माघ ११, २०७७

ADVERTISEMENT

काठमाडौं । ग्रीन लाइफ हाइड्रोपावर कम्पनी लिमिटेडले माघ २३ गतेबाट सर्वसाधारणका लागि शेयर निष्काशन तथा बिक्री खुला गर्ने भएको छ ।

यस कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ३४ करोड ९६ लाख ४० हजार रूपैयाँ बराबरको ३४ लाख ९६ हजार ४ सय कित्ता साधारण शेयर निष्काशन तथा बिक्री खुला गर्न लागेको हो । 

जसमा यस कम्पनीले १ लाख ७४ हजार ८२० कित्ता शेयर सामूहिक लगानी कोषका लागि, ६९ हजार ९ सय २८ कित्ता कर्मचारीहरुका लागि बाँकी ३२ लाख ५१ हजार ६ सय ५२ कित्ता सर्वसाधारणहरुका लागि निष्कासन गर्न लागिएको हो ।

लगानीकर्ताले न्युनतम १० कित्तादेखि अधिकतम एक लाख कित्तासम्मको लागि आवेदन दिन सक्नेछन् । 

यस कम्पनीको शेयर आवेदन मिति माघ २७ गतेसम्म रेहेको छ भने सो अवधिमा माग भन्दा कम आवेदक गरेमा यसले फागुन ७ गतेसम्म आवेदन दिन सक्ने जनाएको छ ।

निष्कासन तथा बिक्री प्रबन्धकको काम बिओके क्यापिटल मार्केट लिमिटेडले गर्नेछ । 

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सक्ने छ ।  

यो पनि