जेठ ०२, २०८१, बुधबार
               

नेपाल एग्रोको दोस्रो त्रैमासमा १२३.४३ प्रतिशत नाफा बढ्यो

नेपाल फ्ल्यास
माघ ११, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाल एग्रो लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्षको दोस्रो त्रैमासमा १२३.४३ प्रतिशतले खुद नाफा कमाएको छ ।  

यस कम्पनीले पुस मसान्तसम्ममा १ करोड ४३ लाख ३३ हजार रुपैयाँ खुद नाफा कमाएको हो । 

यस अवधिसम्ममा ३ करोड १ लाख ३८ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ भने प्रोभिजनमा ६ करोड ८९ लाख ८६ हजार रुपैयाँ छुट्याउँदा ४ करोड ८० लाख ६८ हजार रुपैयाँ सञ्चालन नोक्सान समेत भएको छ । 

दोस्रो त्रैमासको अन्त्यसम्ममा ७ करोड ५ लाख ९१ हजार रुपैयाँ सो अवधिमा रिटन गरेको हो । यस कम्पनीले २८ करोड ६७ लाख ३९ हजार रुपैयाँ निक्षेप संकलन गरी ८८ करोड ३९ लाख ३२ हजार कर्जा लगानी गरेको छ । 

हाल यसको चुक्ता पुँजी ५ करोड ७२ लाख ४४ हजार रुपैयाँ छ । यो कम्पनी नेष्डो समृद्ध लघुवित्तसँग मर्जर प्रक्रियामा रहेको छ ।

हाल यस कम्पनीनीको रिजर्भ कोषमा ३ करोड ७७ लाख ८५ हजार रुपैयाँ छ । यस कस्ट अफ फन्ड १०.४९५ बाट घटेर ५.७३ प्रतिशतमा आएको छ । 

यस कम्पनीको प्रतिसेयर आम्दानी ५० रुपैयाँ ८ पैसा र प्रतिसेयर नेटवर्थ १६६ रुपैयाँ ६ पैसा छ । 

यो पनि