बैशाख १७, २०८१, सोमबार
               

आरएसडिसी लघुवित्तद्धारा शेयरधनीको खातामा नगद लाभांश जम्मा

नेपाल फ्ल्यास
माघ ११, २०७७

ADVERTISEMENT

काठमाडौं । आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयरधनीहरुको बैंक खातामा नगद लाभांश जम्मा गरिदिएको छ ।

यस कम्पनीको पुस २४ गते बसेको वार्षिक साधारणसभाले पारित गरेको ३.६३ प्रतिशत नगद लाभांश शेयरधनीले हितग्राही खातामा उल्लेख गरेको बैंक खातामा रकम जम्मा गरिदिएको हो । 

यस कम्पनीका शेयरधनीले पुस ९ गतेसम्म हितग्राही खातामा बैंक खाता अपडेट गराएको बैंक खातामा नगद लाभांश जम्मा गरिएको छ, भने सो समयपछि बैंक खाता अपडेट गर्ने शेयरधनीहरुको समेत नगद लाभांश बैंक खातामा नै जम्मा गरिने छ । 

कम्पनीले पुस ९ गतेसम्म कायम शेयरधनीहरुले आफ्नो शेयर प्रमाणपत्रहरु धितोमा राखि कर्जा सुविधा लिएका शेयरधनीलाई बैंक तथा वित्तीय संस्थाबाट स्वीकृती भएपछि बैक खातामा नगद लाभांश जम्मा गरिने जनाएको छ । 

यो पनि