बैशाख १७, २०८१, सोमबार
               

एनसीसी बैंकद्वारा १०.२६९५ प्रतिशत लाभांश प्रस्ताव पारित

नेपाल फ्ल्यास
माघ ११, २०७७

ADVERTISEMENT

काठमाडौं । एनसीसी बैंकको बार्षिक साधारणसभा सम्पन्न भएको छ । 

यस बैंकको केन्द्रीय कार्यालय,बागबजार काठमाण्डौंमा २३औं वार्षिक साधारणसभा सम्पन्न भएको हो ।

सभामा प्रस्ताव गरिएको १०.२६९५ प्रतिशत बोनस शेयर कर प्रयोजनको लागि ०.५४०५ प्रतिशत नगद गरी कूल १०.२६९५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । 

यस बैंकको सो साधारण सभामा संस्थापक समुह “क” बाट तीन तिन जना र सर्वसाधारण समुह “ख” बाट एक दश जना महिला सहित तीन जना गरी जम्मा छ जना सञ्चालकहरुको निर्विरोध रुपमा निर्वाचित गरेको हो भने समुह “क” बाट सञ्चालकहरुमा मोहन बहादुर बस्नेत र ईमान सिंह लामा निर्वाचित भएका छन् भने समुह “ख” बाट चन्द्रप्रसाद बास्तोला, सुमन कुमारी जोशी र निशेष प्रधान निर्वाचित भएका हुन् । 

साथै, साधारण सभा पश्चात बसेको सञ्चालकहरुको बैठकबाट उपेन्द्रकेशरी न्यौपानेलाई सर्वसम्मत रुपमा अध्यक्ष चयन गरेको छ । 

हाल यस बैंकको चुक्ता पूँजी १० अर्ब ३१ करोड ४५ लाख १६ हजार ६ सय ८० पुग्नेछ । यस देशभरी जम्मा १२७ शाखा र १०२ वटा एटिएम सञ्चालन गरी ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको छ ।

यस बैंकले आर्थिक वर्ष २०७६/७७ मा ७९ अर्ब ६१ करोड ७० लाख निक्षेप परिचालन तथा ६७ अर्ब ८१ करोड ९४ लाख कर्जा प्रवाह गरी खुद नाफा १ अर्ब १० करोड ८४ लाख बनाएको छ । 


कस्तो लाग्यो ?

यो पनि