बैशाख १७, २०८१, सोमबार
               

चन्द्रागिरि हिल्सको आईपीओ बाँडफाँड

नेपाल फ्ल्यास
माघ ०९, २०७७

ADVERTISEMENT

काठमाण्डौं । चन्द्रागिरि हिल्स लिमिटेडको आईपीओ आज (शुक्रबार) बाँडफाँड भएको छ । 

कम्पनीको बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल  कार्यालयमा आयोजित एक कार्यक्रमबीच आइपीओ बाँडफाँड भएको हो ।

यस कम्पनीले पुस २४ गतेदेखि २८ गतेसम्म दोस्रो चरणमा सर्वसाधारणका लागि १०० रुपैयाँ अंकित दरका १५ लाख ३४ हजार ९१ कित्ता सेयरको सार्वजनिक निष्काशन गरेको थियो।

कुल कित्तामध्ये ४ प्रतिशत अर्थात ६१ हजार ३६४ कित्ता शेयरकर्मचारीका लागि, ५ प्रतिशतको ७६ हजार ७०५ कित्ता सेयर सामूहिक लगानी कोषमा बाँडफाँट गरिएको छ । 

यस कम्पनीले सर्वसाधारणका लागि १३ लाख ९६ हजार २२ कित्ता आइपीओ निष्काशन गरेको थियो ।

१ लाख ३९ हजार ६०० जना आवेदकले १० कित्ताका दरले र २ भाग्यमानी आवेदकले ११ कित्ताको दरले शेयर पाएका छन् । कुल १२ लाख ११ हजार ११५ सदर आवेदकमध्येका बाँकी १० लाख ७१ हजार ५१३ आवेदकको हात भने खालि भएको छ ।

आईपीओमा १२ लाख ५१ हजार १० आवेदकले २ करोड ४४ लाख ७४ हजार ५३० कित्ताका लागि आवेदन परेकोमध्ये ३९ हजार ८९५ जनाको आवेदन रद्द भएको छ।

आईपीओ बाँडफाँट गरेपश्चात यस कम्पनीको चुक्ता पूँजी १ अर्ब ५३ करोड ४० लाख ९१ हजार पुगेको छ । 

यो पनि