काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य आज (शुक्रवार) समायोजन भएको छ ।
आज नेप्सेले १४.२५ प्रतिशत बोनस शेयरमा मूल्य समायोजन गरेको हो । नेप्सेले कम्पनीको बोनसपछिको मूल्य १ हजार ३४० तोकेको हो ।
यस कम्पनीको हिजो (बिहीवार) कायम अन्तिम मूल्य १ हजार ५३८ को आधारमा नेप्सेले मूल्य समायोजन गरेको हो ।
उक्त कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट सो बोनस सहित ०.७५ प्रतिशत नगद लाभांश पनि प्रस्ताव गरेको छ ।